त्रिज्योति र बागमती फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०३
  • |
  • 181 पटक हेरिएको
आयोजक त्रिज्योति ‘ए’ र बागमती प्रथम त्रिज्योति कप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
कपनको फैकास्थित घरेलु मैदानमा भएको सेमिफाइनलमा त्रिज्योति ‘ए’ ले लिटिल मुनलाई ४–३ गोलले पराजित ग¥यो । विजयी टिमका लागि समिर राईले ह्याट्रिक गरे भने पुस्कर पौडेलले १ गोल थपे ।
लिटिलबाट करण विकले ह्याट्रिक गरे ।
अर्को सेमिफाइनलमा बागमतीले छहारीलाई ७–२ गोलले हरायो । बागमतीका जतिन बरालले ५ तथा अनिक मगरले २ गोल गरे । छहारीबाट दुवै गोल कमल रसाइलीले गरे । फाइनल बिहीबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey