डिभिजन टूका लागि नेपाली टिमको तयारी तिब्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०९
  • |
  • 276 पटक हेरिएको

माघ ९, काठमाडौं । माघ २५ गतेदेखि फागुन ३ गतेसम्म नामिवियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूूमा राम्रो नतिजाको लक्ष्यका साथ नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ ।

प्रतियोगिता सुरु हुन दुुई सातामात्र बाँकी रहँदा कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णीले प्रशिक्षण थालेका छन् ।

नेपाल क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कुलकर्णीलाई प्रशिक्षणका लागि पठाएको हो । उनले आइतबारदेखि प्रशिक्षण सुरु गरेका हुन् ।

यद्यपी एक दिवशीय विश्वकप छनोटको मुख्य आधारका रुपमा रहेको आसन्न प्रतियोगिताका लागि नेपालको तयारी सन्तोषजन भने छैन । नामिवियाको विकेट सुहाउँदो प्रशिक्षणका लागि दक्षिण अफ्रिका जान आईसीसीले अनुमति नदिएपछि नेपाली टोलीले केही दिन युएईमा प्रशिक्षण गर्नेछ ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार भित्र पर्न असफल भएपछि नेपाल डिभिजन टूूमा झरेको थियो भने विश्वकप छनोट खेल्ने अवसर पनि गुमाएको थियो । डिभिजन टूको शीर्ष दुई भित्र पर्न सके नेपालले विश्वकप छनोट खेल्नेछ र डिभिजन वनमा पनि पुुग्नेछ ।
प्रतियोगिताको पहिलो खेल नेपालले माघ २५ गते नामिवियासँग खेल्नेछ । प्रतियोगितामा नेपाल र नामिवियासँगै युएई, केन्या, ओमान र क्यानडा छन् ।

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey