देउराली क्लबका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०२
  • |
  • 203 पटक हेरिएको
नेप्लेज । दोश्रो जेकेएनएसकेआई अन्तर्राष्ट्रिय करातेका पदक विजेता खेलाडीलाई देउराली क्लब र श्री भीमसेनगोला माविले सोमबार नगदसहित सम्मान गरेको छ ।
भारतको पुनेमा नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म भएको प्रतियोगितामा राहुल राई, अनिल रोका, महिमा राई र इर्फान वस्ताले दोहोरो स्वर्ण जितेका थिए । नवीन थापा मगर र करण चौधरीले समान १ स्वर्ण, १ रजत, रिकेश परियारले १ स्वर्ण १ कांस्य, सोनु गुरुङले २ रजत, सिमोन्शा श्रेष्ठले १ रजत, १ कांस्य तथा कञ्चन नेपालीले १ कांस्य जितेका थिए । पदक विजेता अधिकांश खेलाडी सामुदायिक विद्यालय भीमसेनगोलमा अध्ययनरत विद्यार्थी हुन् ।
सोही अवसरमा टोलीका प्रमुख प्रशिक्षक १० औं सागका स्वर्णधारी कुशल श्रेष्ठ, प्रशिक्षक अमिर राणा, व्यवस्थापक राजेश जोशी तथा निर्णायकद्वय तुलसी महर्जन र तारा गुरुङलाई पनि सम्मान गरियो ।
प्रदेश सांसदद्वय गणेश दुलाल र राजेन्द्र गुरुङ, देउरालीका अध्यक्ष अर्जुन राना मगर, भीमसेनगोला माविका प्रिन्सिपल गणेशकुमार राई, देउराली क्लबका उपाध्यक्ष लीलेश्वर प्रधानलगायतले एक कार्यक्रमबीच सम्मान गरे । सोही टोलीलाई अघिल्लो दिन आइतबार कर्मा तान्तेइ ज्ञानछेन रोयल सेतो गुम्बाले पनि आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा नगदसहित सम्मान गरेको प्रमुख प्रशिक्षक श्रेष्ठले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey