साइपाल र काष्ठमण्डप सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२८
  • |
  • 157 पटक हेरिएको

आयोजक साइपाल एकेडेमी र काष्ठमण्डप प्रथम साइपाल कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कपनको आकाशेधारमा भइरहेको प्रतियोगितामा साइपालले दिब्य दर्शनलाई ५–१ तथा काष्ठमण्डपले डाफोडिललाई २–० गोलले पराजित गरे ।
मंगलदीपले विनायकलाई ३–१ तथा बूढानीलकण्ठले त्रिकोणलाई ३–० गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey