जेभियर्स र एलए फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२७
  • |
  • 190 पटक हेरिएको

नेप्लेज । आयोजक सेन्ट जेभियर्स, गोदावरी र लिटिल एन्जल्स (एलए) २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । गत संस्करणमा पनि यी दुई टिम नै उपाधिका लागि भिडेका थिए ।

त्यसमा एलए विजयी भएको थियो । जेभियर्सले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई १–० गोलले पराजित ग¥यो । सुभय महर्जनले निर्णायक गोल गरे । एलएले मोरान मेमोरियल स्कुल, महेशपुर, झापालाई २–१ गोलले हरायो ।

एलएका आशुतोष लवत र प्रसुन तुलाधरले १–१ गोल गरे । मोरानका युवराज राजवंशीले १ गोल फर्काए । फाइनल शनिबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal