नेसनल युनाइटेडमा बास्केटबल हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२७
  • |
  • 162 पटक हेरिएको

नेप्लेज । युनाइटेड स्कुलको आयोजनामा प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ब्वाइजतर्फ १६ र गर्ल्स अाठ गरी २४ टिमको सहभागिता रहने नेसनल युनाइटेडका संस्थापक निर्देशक जेबी हमालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

ब्वाइज टिमलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् भने गर्ल्सको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजककै कोर्टमा खेलाइने छ । फाइनल पुस ६ गते हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey