कौस्तुभ र करियर उपाधि नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२७
  • |
  • 215 पटक हेरिएको

नेप्लेज । कौस्तुभ र डिफेन्डिङ च्याम्पियन करियर स्कुल १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार कौस्तुभले कोटदेवीलाई ७–० गोलले पराजित गर्यो । समिर थापा मगर र रविन बमले २–२ गोल गरे भने शरद कट्वाल, लक्ष्मण गुरुङ र विवस मगरले १–१ गोल थपे । कौस्तुभका समिर कट्वाल ‘म्यान अफ म्याच’ चुनिए ।

अर्को सेमिफाइनलमा करियरले गोठाटारलाई सडन डेथमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । गोठाटारका प्रवीण मगर ‘म्यान अफ म्याच’ चुनिए । फाइनल शनिबार हुनेछ भने तेश्रो स्थानका लागि शुक्रबार खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey