इन्द्रमाया महर्जन स्मृति बक्सिङमा भारत र भुटानका खेलाडी सहभागि हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२७
  • |
  • 434 पटक हेरिएको

इन्द्रमाया महर्जन स्मृति बक्सिङ प्रतियाेगिता पुषकाे २५ र २६ गते हुँने भएकाे छ । जसमा नेपाल, भारत र भुटानका खेलाडीले प्रतिस्पर्रधा गर्नेछन ।

बोसिगाऊ स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिता चन्द्रागिरी नगरपालिका बोसिगाऊमा आयोजना हुनेछ । एसियन गेम्सका पदकधारी बक्सर तथा प्रशिक्षक दिपक महर्जनको आमा  काे स्मृतीमा हुने प्रतियाेगितामा  महिलातर्फ ४८, ५१,५४ र ६० केजी तौल समूहमा र पुरुषतर्फ ४९,५६,६०,, ६९ र ७५ केजी गरी कुल ९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा भारतको हरियाणा र भुटानको राष्ट्रिय टोलीका खेलाडीकाे सहभागिता रहने अायाेजकले जनाएकाे छ । नेपालबाट भने ‘ए’ र ‘बी’ गरी दुई टोली सहभागि हुनेछन । 

पदक विजेता खेलाडीमा पहिलाेले १५ हजार, दोस्रोले १० र तेस्रो हुने दुई जनाले ५/५ हजार पाउनेछन् ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको बक्सिङ प्रशिक्षक दिपक महर्जनले बताए । साेही बर्षकाे दिपकले अामा  इन्द्र माया महर्जनलाइ गुमाएका थिए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal