सेन्ट लरेन्स फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२६
  • |
  • 144 पटक हेरिएको

 सेन्ट लरेन्स तेश्रो एलए कपअन्तर्गत ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेको छ । सेन्ट लरेन्सले लिभरपुललाई २–१ गोलले पराजित ग-यो ।

विजेताका रविन बुढाथोकी र होम तामाङले १–१ गोल गरे । लिभरपुलका भुवन श्रेष्ठले १ गोल फर्काए । सेन्ट लरेन्सले उपाधिका लागि सेन्ट जेभियर्स, जावलाखेल विरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा सेन्ट जेभियर्सले युलेन्सलाई ३–१ गोलले हरायो ।

विजयी टिमका लागि शिर्षक भट्ट श्रेष्ठले २ तथा डेविड घलेले १ गोल गरे । युलेन्सका कुशल खड्काले सान्त्वना गोल गरे । फाइनल बिहीबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey