बूढानीलकण्ठ र पुष्पसदन च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२६
  • |
  • 171 पटक हेरिएको

बूढानीलकण्ठ र पुष्पसदन एसएमएल इसुजु २५ औं ज्ञान कार्निभलमा बुधबार च्याम्पियन बनेका छन् ।

बूढानीकलकण्ठ ब्वाइज फुटबल तथा पुष्पसदन मिनि ब्वाइज बास्केटबलमा पहिलो भए । ब्वाइज फुटबल फाइनलमा बूढानीलकण्ठले शहिद धर्मभक्तबाट वाक ओभर पायो । मिनि ब्वाइज बास्केटबलमा पुष्पसदनले ओसिसलाई ५०–३४ ले पराजित ग¥यो ।

पुष्पसदनको जितमा सन्जिव बोहराले २१ अंक योगदान गरे । फुबलमा आयोजक ज्ञानोदयका आयुश खपाङ्गी तथा बास्केटबलमा पुष्पसदनका सन्जिव बोहरा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ९ गोल गरेका बूढानीलकण्ठका मन्जिल गौतम सर्वाधिक गोलकर्ता बने ।

फुटबलमा आयोजक ज्ञानोदय तथा बास्केटबलमा मर्सी मिसन एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई एसएमएल इसुजुका सेल्स डाइरेक्टर दीपक थापा, ज्ञानोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धवीर लामा, ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा र ज्ञानोदयका वरिष्ठ भाइस प्रिन्सिपल भानु एले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको फुटबलमा १६ तथा बास्केटबलमा ८ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal