थ्री स्टार सिमरा गोल्डकपको फाइनलमा, मोरङ ४-२ ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 146 पटक हेरिएको

मोरङ ११ लाई हराउदै थ्री स्टार क्लव सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आज भएको सेमिफाइनलमा थ्री स्टारले मोरङलाई ४–२ गोल अन्तरले हरायो । थ्री स्टारको जितमा सुनिल बलले दुई गोल गरे ।

खेलको २४औ मिनेटमा विष्णु गुरुङको गोल मार्फत थ्री स्टारले अग्रता बनायो । त्यसपछि ३५ औ मिनेटमा सुनिल बलले टिमका लागि दोस्रो गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थ्री स्टारले ४९ औ मिनेटमा तेस्रो गोल गरयो । यसपटक थ्री स्टारका लागि सुनिलले नै गोल गरे ।

७७ औ मिनेटमा डिफेन्डर अनन्त तामाङले गोल गर्दै थ्री स्टारको अग्रता चार शुन्यमा पुरयाए । तर मोरङले चार मिनेटमा दुई गोल फर्काउदै अन्तर चार दुईमा झार्न सफल भयो ।

उसका लागि दुबै गोल कर्ण लिम्बुले गरे । तर त्यसपछि मोरङ खेलमा फर्कन सकेन र थ्री स्टारले फाइनलमा स्थान बनायो । थ्री स्टारले यो सिजन तीन वटा प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भयो ।

इटहरी गोल्डकपको उपाधि जितेको थ्री स्टारले आहा रारा गोल्डकपको फाइनलमा पुलिससंग पराजित भएको थियो । अब यो प्रतियोगिताको उपाधिका लागि थ्री स्टारले त्रिभुवन आर्मी र विरगञ्ज युनाईटेडकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey