नेपाली तेक्वान्दो टोली युएई प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 198 पटक हेरिएको

संयुक्त अरब इमिरेट्समा हुने ६औँ फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने जाने नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्न ७ खेलाडीसहित तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुधबार नेपाली टोलीलाई नेपाल तेकवान्दो संघका उपाध्यक्षसमेतह रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नन्दु राइले बिदाई गरेका थिए ।

युएईको फुजराह सहरमा हुने च्याम्पियनसिपमा सिनियर पुरुषतर्फ ७३ केजीमा जयदेव पौडेल, ६३ केजीमा नेपालका दुई खलाडी रिमोन महर्जन र दिपेन्द्रबहादुर नेपाली र ७४ केजीमा विनोद थापा तथा जुनियर महिला ४४ केजीमा जेस्मिन गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी १६देखि १९ फेब्रुअरीसम्म हुने च्याम्पियनसिपमा सिनियर महिलातर्फ ५३ केजीमा निमा गुरुङ र ७३ केजीमा सुमित्रा खत्रीले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछिन् ।

नेपाली टोलीका प्रशिक्षक रोशन खान र प्रकासमान राजभण्डारी रहेका छन् । सहायक प्रशिक्षकमा राजकुमार पाण्डे र टिम व्यवस्थापकमा चक्रबहादुर थापा क्षेत्री रहेका छन् ।

टोलीका एक खेलाडीलाई रिमोनलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा र ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष मनिराज विष्ट लगयातले बिदाई गरे । संघका अध्यक्ष राणाले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि पदक जित्ने विश्वास व्यक्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey