साइपाल, न्यु-भिजन र हिमालयलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२३
  • |
  • 213 पटक हेरिएको

साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालयले  हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बने ।

कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा साइपालले सीसीआरसीलाई ६०–५४ ले पराजित ग¥यो । साइपालको जितमा सुशान्त ओलीले १७ अंक योगदान गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले स्किब्सलाई ३०–२५ ले हरायो । न्यु भिजनकी प्रिया तिमल्सिनाले ९ अंक जोडिन् ।

जुनियर ब्वाइज फाइनलमा हिमालयले नवज्योतिमाथि ४१–२१ को जित दर्ता ग¥यो । हिमालयका रुबन कार्कीले २३ अंक जोडे ।

सिनियर ब्वाइजमा साइपालका सागर लामा, सिनियर गल्र्समा न्यु भिजनकी प्रिया तिमल्सिना र जुनियर ब्वाइजमा हिमालयका रुबन कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal