हिमालय र नवज्योति उपाधिनजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२२
  • |
  • 153 पटक हेरिएको
काठमाडौं,२२ मंसिर  । आयोजक हिमालय र नवज्योति प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
कोटेश्वरस्थित घरेलु कोर्टमा हिमालयले गौरीशंकरलाई ४२–१४ ले सहजै पराजित ग-यो । हिमालयका जेन लामाले १२ अंक जोडे । नवज्योतिले स्किब्सलाई ३२–२३ ले हरायो । विजेताका अतिश कार्कीले ७ स्कोर गरे ।
प्लस टु सिनियर ब्वाइजमा साइपाल एकेडेमी र सीसीआरसी उपाधिका लागि भिड्ने भएका छन् । साइपालले मोर्गनको चुनौती ५९–५३ ले समाप्त पा¥यो । साइपालका सागर लामाले २० अंक बटुले । सीसीआरसीले बागमतीको यात्रा ७०–३१ ले पूर्णविराम लगायो । बागमतीका प्रवेश तामाङले १८ स्कोर गरे ।
सिनियर गल्र्समा स्किब्स र न्यु भिजनले उपाधि भिडन्त पक्का गरे । स्किब्सले सिद्धार्थ बनस्थलीलाई ५०–३३ ले निराश पा¥यो । स्किब्सकी देबुना केसीले १८ अंक जोडिन् । न्यु भिजनले ग्रामरलाई २६–२३ ले पाखा लगायो । विजयी टिमका लागि मनीषा गुरुङले ७ स्कोर गरिन् । फाइनल आइतबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey