च्याम्पियन्स लिगमा रियल भर्सेस पीएसजी, काे कति बलियाे ?

0

फागुन २ ।  सन् १९७० मा जव पेरिस सेन्ट जर्मेइन् स्थापना भएको थियो । रियल मड्रिडले त्यतिबेलै ६ युरोपियन कपको उपाधि जितिसकेको थियो । ४८ वर्षपछि फ्रान्सेली लिग च्याम्पियन पीएसजी च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा महादेशीय महारथी रियलसँग प्रतिस्पर्धा गर्दैछ ।

कतारको तेलबाट आएको आम्दानी खन्याइएको पीएसजी फ्रेन्च लिग लिडर हो भने जारी सिजन च्याम्पियन्स लिगको पनि प्रमुख दाबेदारको रुपमा छ । विश्वकै महंगा खेलाडीहरुको भरिपूर्ण यो टोलीले बुधबार सान्टियागो बर्नबाउ भ्रमण गर्नेछ ।

यो पनि भन्न सकिन्छ कि म्यान्चेस्टर सिटीसँगसँगै पीएसजी पनि युरोपियन फुटबलका उदाउँदा महारथी हुन् । आधुनिक फुटबलका नव धनाड्य यी टोलीहरुले युरोपेली फुटबलका पुराना महान क्लवहरुलाई चुनौति दिँदै आइरहेका छन् ।

विश्वमा रंगिन टेलिभिजनको आविश्कार हुनुभन्दा अगाडिदेखि नै रियल मड्रिडले युरोपियन कपको उपाधि जितिरहेको छ । सन् १९६६ अगाडि ६ युरोपियन कपको उपाधि जितेको रियलले सन् १९९८ पछि ६ वटा जितेको छ ।

सन् १९५० को दशकको उत्तरार्धतिर अफ्रेडो डि स्टेफानोको स्वर्णिम युगपछि रियल मड्रिडले आधुनिक फुटबलको अहिलेको अवस्थामा पछिल्लो चारमध्ये तीन पटक च्याम्पियन्स लिगको उपाधि जित्नु साँच्चै अभूतपूर्व हो ।

केहि मानिसहरु यो पनि भन्दछन् कि घरेलु लिगमा आफ्नो असफलताका बाबजुद रियलले च्याम्पियन्स लिगमा आफूलाई सबैभन्दा कठिन प्रतिस्पर्धीको रुपमा उभ्याउन सक्छ । इतिहासलाई हेर्ने हो भने रियलले हरेक पटकको महादेशीय क्लव प्रतियोगितामा आफूलाई उपाधिको नजिक पु¥याएको छ ।

सौभाग्यबस प्रशिक्षक जिनेदिन जिदाने कम प्रेसरमा छन् र उनले ४–३–३ को फर्मेसनमा टोलीलाई घरेलु मैदानमा उतार्न सक्नेछन् । क्रिष्टियानो रोनाल्डो यसै पनि च्याम्पियन्स लिगको उच्च गोलकर्ता हुन् र सबैको आशाका धरोहर हुन् । रियलले आजको खेलमा बीबीसीलाई अग्रपंक्तिमा उभ्याउन सक्छ ।
मैदानको अर्कोतर्फ यस्ता खेलाडी छन् जसको अहिलेको फर्मले जोसुकै विपक्षी पनि कायल हुन्छन् ।

इतिहासका सबैभन्दा महंगा खेलाडीको रुपमा बार्सिलोनाबाट पीएसजी गएका नेइमार बार्सिलोनामा रहँदा मेस्सीको छायाँमा थिए । तर, नेइमार पीएसजीका मुख्य खेलाडी हुन्, जुन चाहनामा उनी त्यहाँ पुगेका थिए ।

सान्टियागो बर्नबाउमा बुधबार राति नेपाली समयअनुसार साढे १ बजेदेखि सुरु हुने खेलमा एउटा टोली पारम्परिक पावरहाउसको प्रतिनिधित्व गर्दैछ भने अर्कोले आधुनिक महारथीको प्रतिनिधित्व गर्नेछ । अझ यसो पनि भन्न सकिन्छ १२ युरोपियन ट्रफी भर्सेस ० बीचको प्रतिस्पर्धा हो यो ।

एजेन्सी

Post Add 1025X115
Loading...