साइपाल र सीसीआरसी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२१
  • |
  • 160 पटक हेरिएको

साइपाल एकेडेमी र सीसीआरसी प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

साइपालले ह्वाइटहाउसलाई ५९–५७ को साँघुरो अन्तरले पराजित ग¥यो । साइपालको जितमा ग्याल्सेन लामाले २३ अंक योगदान गरे । पवन खत्रीको १३ अंक सहयोगमा सीसीआरसीले हेराल्डलाई ६३–१३ ले सहजै हरायो ।

सिनियर ब्वाइजमै मोर्गनले केब्सलाई ६७–३६ तथा बागमतीले ज्ञान निकेतनलाई ६१–५१ ले पाखा लगाए । मोर्गनका नम बिसीले १० तथा बागमतीका सुरज सिग्देलले १५ स्कोर गरे । सेमिफाइनलमा मोर्गनको भेट साइपालसंग हुनेछ भने बागमतीले सीसीआरसीको सामना गर्नेछ ।

सिनियर गल्र्समा सिद्धार्थ बनस्थलीले काठमाडौं जेभियरमाथि १८–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय ग¥यो । सिद्धार्थ बनस्थलीकी जल्जला मगरले ४ अंक जोडिन् । सेमिफाइनलमा सिद्धार्थ बनस्थलीको भेट स्किब्ससंग हुनेछ । अर्को सेमिफाइनल न्यु भिजन र ग्रामरबीच हुनेछ ।

जुनियर ब्वाइजको सेमिफाइनलमा आयोजक हिमालयले गौरीशंकर तथा स्किब्सले नवज्योति विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey