गणेशमान सिंह राष्ट्रिय बक्सिङ माघमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२१
  • |
  • 333 पटक हेरिएको

गणेशमान सिंह फाउण्डेसनले आगामी माघमा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

च्याम्पियनसिपमा सात प्रदेश र तीन विभागीय टोली गरी कूल १० टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ ८ र महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुने च्याम्पियनसिपमा कूल १४० खेलाडीले सहभागिता जनाउने छन् ।

च्याम्पियनसिपमा ८० पुरुष र ६० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि प्रदेशको छनोट यही मंसिर २८ गतेदेखि सुरु गर्ने र सातवटै प्रशेमा छनोट प्रतियोगिता गरेर खेलाडी छनोट आयोजकले जनाएको छ ।

च्याम्पियनसिपमा गोल्ड मेडल जित्नेलाई २५ हजार, सिल्भर जित्नेलाई १५ हजार ब्रोन्ज जित्नेलाई ७ हजार पाँच सय नगद प्रदान गरिने संयोजक श्रष्ठले जानकारी दिए। यस्तै पुरुष उत्कृष्ट खेलाडीले मोटरसाइकल र महिला उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछन् ।
फाउण्डेसनले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २२ देखि २६ गतेसम्म च्याम्पियनससिप गर्न लागेको जानकारी दिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल बक्सिङ संघको स्वीकृतिमा हुन लागेको च्याम्पियनसिप बसन्तपुर डबलीमा आयोजना गरिने छ ।

यसअघि योङ स्टार क्लबले दुई संस्करण खुला बक्सिङ प्रतियोगिता गरेको र फाउण्डेसनले पहिलो पटक राष्ट्रिय बक्सिङ गर्न लागेको च्याम्पियनसिपका संयोजक तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष समेत रहेका राजिव श्रेष्ठले जानकारी दिए ।

च्याम्पियनसिपका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराउने र अनुमानित बजेट ८० लाख रहेको श्रेष्ठले जानकारी दिए ।
नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसीले यो च्याम्पियनसिप नेपालको बक्सिङ विकासको लागि महत्वपूर्ण रहेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey