आयोजक जेभियर र एलए क्वाटरफाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२०
  • |
  • 243 पटक हेरिएको

नेप्लेज । आयोजक सेन्ट जेभियर स्कुल गोदावरी र एलए स्कुल हात्तीबन २३ औं फादर मोरान स्मृती आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगितामा बिहिबार क्वाटरफाईनल प्रवेश गरेका छन् ।

आयोजकले ग्रुप बिमा विजेता बन्दै क्वाटरफाईनल यात्रा तय गरेको हो । जेभिरले सुभारी महर्जन, सिजन बि.क. र सौगात शाहीको एक एक गोल मद्धतले ईडेन गार्डेनलाई ३ । ० ले पराजित गर्यो । जेभियरका स्यमुयल परियार म्यान अफ दि म्याच भए ।

यस्तै एलएले पनि प्लेयर अफ दि म्याच सुरज तामाङ्गको एक गोल र सोनाम तामाङ्गको एक गोलमा नेपाल डनबस्को स्कुललाई २ । १ ले पराजित गर्दै ग्रुप ए को बिजेताको रुपमा क्वाटरफाईनल प्रवेश ग¥यो । अर्को खेलमा पुष्पाञ्जली सेकेन्डरी स्कुलले प्लेयर अफ दि म्याच सुबिन कार्कीको ह्याट्रिकमा ब्राईट फ्युचर स्कुललाई ३ । ० ले पाख लगायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey