विश्व पाैडी च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२०
  • |
  • 234 पटक हेरिएको

चीनको ग्वान्झाउमा हुने १४ औं विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टिमको विदाई गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्स्निनाले चार खेलाडी सहितको टिमलाई विदाई गरे । च्याम्पियनसिपमा दुई महिला र दुई पुरुष खेलाडीले सहभागिता जनाउनेछन । जसमा पुरुष तर्फ सुभंम श्रेष्ठले ५० र १०० मिटर ब्रेष्ट स्टोक, अनुभव सुब्बाले ५० र १०० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन । महिला तर्फ टिशा शाक्यले ५० र १०० मिटर फ्रिस्टाइलमा खेल्नेछिन भने आयुस्मा तुलाधरले ५० मिटर ब्रेष्टस्टोक र ५० मिटर बटरफ्लाइमा उत्रनेछिन ।

टिमको प्रशिक्षकमा इश्वर कार्की रहेका छन भने टिमसँग महेश महर्जन, अध्यक्ष अशोक बर्जाचार्य र सदस्य पारस कुवँर जानेछन । अध्यक्ष र सदस्य बर्जाचार्य र कुँवरले पाँचौ फिना कन्भिन्सनमा भाग लिनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey