दक्षिण अफ्रिका विरुद्ध भारत ७३ रनले विजयी

0

दक्षिण अफ्रिका विरुद्धको पाँचौ एकदिवसिय खेलमा भारत ७३ रनले विजयी भएको छ । जितसँगै भारतले ६ खेलका श्रृखंलामा चार एकको अग्रता बनाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २४७ रन बनायो । उसका लागि रोहित शर्माले ११५ तथा कप्तान विराट कोहलीले ३६ र शिखर धवनले ३४ तथा श्रेयस ऐयरले ३० रनको योगदान गरे ।

जवाफमा दक्षिण अफ्रिका ४२ ओभर २ बलमा २०१ रनमा अलआउट भयो । उसका लागि हसिम अमलाले ७१, हेनरीक लासेनले ३९ तथा डेविड मिलरले ३६ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।

Post Add 1025X115
Loading...