हिग्वेन पेनाल्टीमा चुक्दा युुभेन्टस बराबरीमा राेकियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 149 पटक हेरिएको

फागुन २ । च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वार्टर फाइनलको पहिलो लेगमा युभेन्टस इंग्लिस कलब टोटनह्याम हट्स्पुरसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

अर्जेन्टाइन स्ट्राइकर गोन्जालो हिग्वेनले एउटा पेनाल्टी सदुपयोग गर्न नसक्दा ह्याट्रिकबाट मात्र चुकेनन्, युभेन्टसको सम्भावित जित पनि हातबाट फुस्कियो ।

२–० ले पछि परेको अवस्थामा टोटनह्यामका ह्यारी केन र क्रिष्टियन इरिक्सनले गोल गर्दै युभेन्टसलाई अंक बाँढ्न बाध्य बनाएको थियो ।
घरेलु मैदानमा युभेटसले दोस्रो मिनेटमा नै अग्रता लियो । मिरालेम जानिकले पास दिएको बललाई उत्कृष्ट भलि गर्दै हिग्वेनले युभेन्टसका लागि पहिलो गोल गरे ।

आठौं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । बेन डेविसले फेड्रिको फर्नान्डेजलाई डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीलाइ हिग्वेनले गोलमा परिणत गर्दै युभेन्टसलाई सुरुवाती २ गोलका अग्रता दिलाए

३५ औं मिनेटमा ह्यारी केनले उत्कृष्ट गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर, पहिलो हाफको इन्ज्युरी समयमा युभेन्टसले अर्को पेनाल्टी पायो । २ गोल गरिसकेको हिग्वेनले ह्याट्रिकका लागि प्रहार गरेको पेनाल्टी क्रसबारमा लागेपछि पहिलो हाफमा इटालियन जायन्टले २–१ ले अघि रह्यो ।

७२ औं मिनेटमा क्रिष्टियन इरिक्सनले फ्रिकिकलाई गोलमा परिणत गरेपछि टोटनह्याम युभेन्टसलाई बराबरीमा रोक्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey