बौद्ध र डाफोडिल फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१८
  • |
  • 324 पटक हेरिएको
आयोजक बौद्ध इन्टरनेसनल स्कुल र डाफोडिल ‘ए’ तेश्रो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बौद्धले टेरेसा एकेडेमीलाई ४६–३४ ले पराजित ग–यो । बौद्धको जितमा अर्जुन क्षेत्रीले १९ अंक योगदान गरे । आङ फुर्वा शेर्पाको १४ अंक सहयोगमा डाफोडिल ‘ए’ ले बुद्ध एकेडेमीलाई २४–१९ ले हरायो ।
गल्र्समा स्किब्सले डाफोडिललाई २३–१९ तथा एचएचसीएले न्यु बुद्ध प्रकाशलाई ३५–१४ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । स्किब्सकी विसुता श्रेष्ठले १४ तथा एचएचसीएकी अनिता सुनुवारले १७ स्कोर गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal