फिजम कप बास्केटबल बुधबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 209 पटक हेरिएको

फागुन १, काठमाडाैं । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा दोश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ १२ र गल्र्समा ८ गरी २० टिमको सहभागिता रहने केन्द्रीय प्याब्सनका सचिवसमेत रहेका फिजमका अध्यक्ष आरबी कट्वालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । ब्वाइजमा जेनिअम नेसनल एकेडेमी र गल्र्समा न्यु भिजन एकेडेमी डिफेन्डिङ च्याम्पियन हुन् ।

खेलहरु कोटेश्वरस्थित न्यु भिजन एकेडेमीको कोर्टमा हुनेछन् । फाइनल फागुन ७ गते हुनेछ । फिजमकै आयोजनामा गत शनिबार सातौं फिजम कप उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिता पेप्सीकोलामा सम्पन्न भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey