Mega Bank
Prabhu Bank

टोटनह्याम साउथह्याम्टनसँग बराबरीमा रोकियो

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-१०-०८
  • |
  • 21 पटक हेरिएको

माघ ८ । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्स्परले साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ । साउथह्याम्टनको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि टोटनह्याम अंक बाँढ्न बाध्य भएको हो ।

१५ औं मिनेटमा डेविसन सान्चेजले आत्मघाती गोल गर्दा साउथह्याम्टनले अग्रता बनाएको थियो । तर उसले सो अग्रता तीन मिनेट भन्दा बढी जोगाउन सकेन ।

१८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा पु¥याए । बाँकी समयमा साउथह्याम्टन विरुद्ध दबाब बनाउँदै धेरै आक्रमण गरेपछि टोटनह्यामले गोल भने गर्न सकेन ।

चौथो स्थानमा रहेको टोटनह्याम शीर्ष स्थानको म्यान्चेष्टर सिटी भन्दा २० अंकले पछि छ ।

भर्खरै

Advertisement