बेस्ट ग्रुपले जित्यो नेक्सस कपको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१५
  • |
  • 193 पटक हेरिएको

काठमाडौँ, १५ मंसिर । पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले आयोजना गरेको उपत्यकाव्यापी फुटबल प्रतियोगिताको उपाधि बेस्ट ग्रुप भिजन ईंग्लिस स्कुलले जितेको छ ।

शनिबार पेप्सीकोलास्थित फुटबल ग्राउण्डमा भएको प्रतियोगितामा बेस्ट ग्रुपले आयोजक नेक्सस् इन्टरनेशनल एकेडेमीलाई २–० गोल अन्तरले पराजित ग–यो । निर्धारित ७० मिनेटको खेलमा पहिलो हाफको २९ मिनेटमा बेस्ट गु्रपका गणेश थापाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको १७ मिनेटमा आयुष खड्गीले गोल गर्दै जित सुनिश्चत गरे ।  जितसँगै बेस्ट ग्रुपले ५० हजार नगद र ट्रफी  र उपविजेता नेक्सस्ले २५ हजार नगद र ट्रफी  प्राप्त गरे । प्रतियोगितामा विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा लाईसियम प्याराडाईजले फेयर प्ले, बेस्ट डिफेन्समा नेक्ससका समीर दाहाल, बेस्ट मिडफिल्डमा नेक्ससकै समृद्ध ढकाल, बेस्ट स्ट्राइकरमा बेस्ट ग्रुपका आयुष खड्गी, बेस्ट गोलकिपरमा बेस्ट ग्रुपका सन्देश मगर र बेस्ट प्लेयरमा बेस्ट ग्रुपका गणेश थापा भए । नेक्सस इन्टरनेशनल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा उपत्यकाका १६ विद्यालय सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal