सिमरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 143 पटक हेरिएको

फागुन १, काठमाडौं । वीरगञ्ज युनाइटेड सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा काठमाडौंको संकटा क्लबलाई १–० गोलले पराजित गर्दै वीरगंज युनाईटेड अन्तिम चारमा पुगेको हो ।

सेमिफाइनलमा वीरगञ्जको भेट ललितपुरको थ्रीस्टार क्लवसँग हुनेछ । दुईबीचको खेल बिहीबार हुनेछ ।

मंगलबारको निकै प्रतिस्पर्धात्मक खेलमा वीरगञ्जका लागि अमर डंगोलले पहिलो हाफको १६औं मिनेटमा गरेको गोलनै निर्णायक भएको विशाल राई ए को पासमा गोल गरेका थिए ।

सेमिफाइनल चरणका खेलहरु बुधबारदेखि सुरु हुनेछन् । पहिलो सेमिफाइनल खेल मोरङ फुटबल क्लव र त्रिभुवन आर्मीबीच हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey