हिमालयको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१५
  • |
  • 170 पटक हेरिएको

आयोजक हिमालय स्कुलले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शनिबार विजयी सुरुआत गरेको छ ।

कोटेश्वरस्थित घरेलु कोर्टमा हिमालयले कान्जिरोवालाई ५०–२२ ले पराजित ग¥यो । हिमालयका लागि जोन सुनवारले २२ अंक जोडे ।

सिनियर ब्वाइजमै ख्वप र केब्स पनि विजयी भए । ख्वपले ब्लु बर्डलाई ४०–१९ ले हरायो । ख्वपका संगम प्रजापतिले १७ स्कोर गरे । केब्सले चाणाक्यलाई ४५–२० ले निराश पा¥यो । केब्सका गोकुल मोक्तानले १५ अंक जोडे ।

सिनियर गल्र्समा काठमाडौं जेभियरले नेक्ससको चुनौती १६–८ ले पन्छायो । विजेताकी प्रहियाले ६ अंक जोडिन् ।

जुनियर ब्वाइजमा स्किब्सले दोहोरो जित निकाल्यो । स्पाङगेल विरुद्ध स्किब्स ३०–१३ ले सहजै विजयी भयो । स्किब्सका आयुशले १४ अंक बटुले । अर्को खेलमा स्किब्सले एन्जल लर्डमाथि १५–१० को जित रच्यो । विजेताका विकास मगरले १० स्कोर गरे ।

प्रतियोगिताको हिमालयका आर्थिक निर्देशक भुवन जोशीले एक कार्यक्रमबीच उद्घाटन गरे । मंसिर २३ गतेसम्म चल्ने प्रतियोगिताको प्लस टु ब्वाइजमा १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिम सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey