शान्तिनगर र काठमाडौं खुकुरी कप क्रिकेटको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 306 पटक हेरिएको

फागुन १, काठमाडौं । शान्तिनगर युथ क्लव र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा शान्तिनगरले त्रिभुवन आर्मीलाई ७ रनले तथा काठमाडौंले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई २४ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको शान्तिनगरले सुनिल धमलाको ५१ रनको सहयोगमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । त्यस्तै अमित श्रेष्ठले २३ रन बनाएका थिए । बलिङतर्फ आर्मीका अभिनाश बोहोराले ४ विकेट लिए ।

१२९ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १२१ रनमात्र बनाउन सक्यो । आर्मीका कुनैपनि ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेन । लोकेन्द्र चन्दले बनाएको २० रन आर्मीका कुनै पनि ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो । बलिङतर्फ शान्तिनगरका योगेन्द्रसिंह कार्कीले ४ तथा मञ्जित श्रेष्ठले ३ विकेट लिए ।

अर्को खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले लिएको १२४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालय क्रिकेट एकेडेमी १८.४ ओभरमा ९९ रनमै समेटियो । उसका लागि प्रदीप ऐरीले २३ र कमल सिंह ऐरीले २० रन बनाउनुबाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहेन । बलिङतर्फ काठमाडौंका सुमित झाले ३ तथा प्रितम थापाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले सुधिर चौधरीको शानदार पारीको सहयोगमा २० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो । चौधरीले ६४ रनको अर्धशकतीय पारी खेलेका थिए । त्यस्तै उसका लागि दुर्गेस थापाले पनि ३५ रन बनाएका थिए । बलिङमा ग्रेट हिमालयका इशान पाण्डेले ३ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey