मेयर कप भलिबलमा एपीएफ च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 189 पटक हेरिएको

फागुन १, चितवन । प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

चितवनको पटिहानीमा मंगलबार सम्पन्न भएको फाइनलमा चीर प्रतिद्वन्द्वी न्यू डायमण्ड एकेडेमीलाई हराउँदै एपीएफले उपाधि जितेको हो ।

एपीएफले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेटमा प्रतिस्पर्धात्मक २९–२७ को जित हात पारेको एपीएफले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२१ ले जितेको थियो ।

उपाधि जितेको एपीएफले २ लाख रूपैयाँ पुरस्कार पायो भने उपबिजेता न्यू डायमण्डले १ लाखमा चित्त बुझायो ।

प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिसको टोलीले हासिल गरेको छ । मंगलबारै भएको खेलमा आर्मीलाई २५–१६, २५–१९ र २५–२० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो भएको हो । तेस्रो भएको पुलिसले ५० हजार र चौथो भएको आर्मीले २५ हजार पुरस्कार पायो ।

एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । उनले १० हजार रुपैयाँ पुरस्कार पाइन् । त्यस्तै बिधागततर्फ उत्कृष्ट स्पाइकर र सर्भरमा न्यू डायमण्डका क्रमसः प्रतिभा माली र कृपा अधिकारी चुनिए ।

नेपाल पुलिसकी कमला पुन वेष्ट सेटर, एपीएफकी उषा विष्ट वेष्ट ब्लकर, एपीएफकी मनिषा तामाङ वेष्ट डिफेन्डर र आर्मीकी निरुता ठगुन्ना नयाँ प्रतिभाशाली खेलाडीका रुपमा पुरस्कृत भएका छन् । उनीहरुले जनही नगद ५ हजार पुरस्कार पाए ।

प्रतियोगितामा बंगलादेशको इफ्टा र भारतको हरियाणा पुलिस क्लवसहित ७ टिमको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal