तीन पटकका विश्व च्याम्पियन जर्मन रेस्लर फ्रयाङ्ककाे नेपाल ‘कनेक्सन’

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१५
  • |
  • 236 पटक हेरिएको

समय थियो, सन् २०१४ अप्रिलको महिना, सगरमाथा आरोहणका लागि यो समय राम्रो मानिन्छ, यदि मौसम सफा रहेको खण्डमा । यहि महिनामा सगरमाथा आरोहणका लागि भनेर धेरै विदेशी तथा स्वदेशी आरोही सगरमाथाको बेसक्याम्प र त्यो भन्दा माथिको खुम्बु क्याम्पमा पुगेका थिए ।

अप्रिल १८ तारिखको दिन सबैको सबै आरोही आराम गरेर बसिरहेका थिए । कोहि खेल खेलिरहेका थिए भने कोही घाम तापेर बसिरहेका थिए । ती आरोहीलाई सगरमाथाको चुचुरोसम्म पुर्याउन मुख्य हतियार बन्ने नेपाली शेर्पाहरु पनिसँगै आराम गरिरहेका थिए ।

तर त्यो दिन विहान मौसम सफा ने रहेपनि एकाएक मौसमले आफ्नो स्वरुप परिवर्तन गर्यो । हिमाली भेगमा मौसम परिवर्तन हुने वितिक्कै चिसो बढ्ने र हिमपात भइहाल्ने हुन्थ्यो । तर त्यो दिन अरु बेला भन्दा भयाबह स्थिती भयो । सगरमाथाको छेउबाट ठुलो हिउपहिरो आरोही बसेको ठाँउतिर झर्न लागेको उनिहरुले देखे । त्यो जति नजिक आउदै थियो, त्यति नै त्यहाँ रहेका मानिसहरु सुरक्षित ठाँउ खोज्न भौतारिरहेका थिए, त्यो आत्तिएर । एकाएक प्रतिकिलोमिटरको गतिमा आएको हिमपहिरोले खुम्बु क्याम्प ध्वस्त पार्यो । त्यो हिमपहिरोमा परेका २२ जना मध्ये ३६ घण्टाको उद्धारपछि १८ जनाले ज्यान गुमाए ।

त्यहि बेला बेसक्याम्पमा घुम्नका लागि पुगेका थिए, जर्मनीका डाक्टर म्याथियस, खुम्बु क्याम्पमा हिमपहिरोले मानिस पुरिएको भनेर थाहा पाएपछि उनि आफैले पनि उद्दारमा हात बढाउने इच्छा ब्यक्त गरे र खुम्बु क्याम्पमा लागे । मौसम सफा हुँदै गएपछि उद्दारको काम पनि तिब्र पारियो । त्यहाँ पुरिएका २२ जनामा ती डाक्टरको टिमले ४ जनालाई जिउदै निकाले । जुन आफैमा पनि शाहसिक काम हो ।

तर जतिपनि शेर्पाहरुले त्यो हिमपहिरोमा परेर ज्यान गुमाए, उनिहरु सबै परिवारबाला थिए । कसैको स्कुले विधार्थि थिए भने कसैको त दुधे बालक पनि । यस्तैमा म्याथियसले ज्यान गुमाउने शेर्पाको परिवारका लागि स्कुल र अस्पताल बनाउने निधो गरे र जर्मनी फर्किए । त्यहाँ उनले च्यारिटीबाट रकम पनि उठाए र नेपालमा स्कुल बनाउने कामको सुरुवात गरे । यस्तैमा जोडीए तीन पटक रेस्लिङका विश्व च्याम्पियन फ्रयाङक । भनिन्छ नी मानिस पेशाले फरक भएपनि सहयोगी भावनामा भने एक नै हुन्छन ।

चाहे त्यो नेपालमा बस्ने ब्यक्ति हुन या विदेशमा । यस्तै सहयोगी भावना रहेका दुई जर्मन नागरिक । भनिन्छ, सहयोगि ब्यक्तिको मन नै ठूलो हुन्छ, यो कुराको पुष्टि दुईजना जर्मनी नागरिकले देखाएकाछन । जसमा एक हुन म्याथिएस बाउमन र अर्का फ्रयाङक स्टेब्लर । माथियस पेशाले डाक्टर हुन् भने फ्रयाङ्क रेस्लर खेलाडी, दुई जना पेशाले फरक भएपनि नेपालमा सहयोगका लागि एकबद्ध भएका छन । दुवैले गरिव र अनाथ बालबालिकाका लागि निस्वार्थ भावनाले नेपालको हिमाली भेगमा गरेको सहयोग गरिरहेका छन ।

त्यतिबेला नै मृतकका परिवारलाई सहयोग गर्ने बाचा गरेका जर्मन नागरिक म्याथिएसले अहिले टुहुरा बालबालिकाहरुको शिक्षाका लागि सोलुखुम्बु जिल्लाको गुमेला भन्ने ठाउँमा स्कुलको भवन निर्माण गरिदिए । ४२ जना टुहुरा बालबालिकाको सहयोगमा माथियससँगै विश्व चर्चित रेस्लर फ्रयाङ्कले पनि साथ दिए । त्यो पनि आफ्नै करले । यतिबेला यी दुई १५ सैयाको हस्पिटलको निर्माणमा जुटेका छन ।

फ्रयाङ्कले तीन पटक रेस्लिङको विश्व च्याम्पियन जितिसकेका छन । उनले रिङमा विपक्षीलाई जुन किसिमले पछारेर शक्तिसाली ब्यक्ति भनेर प्रमाणित गर्छन रिङ बाहिर उनको मनमा सहयोगको ठुलो भावना रहेको छ । नेपालको नाम मात्र सुनेका उनी नेपाल आएपछि यहाँको माहोलले निकै गदगद भए । आफ्ना साथीले गरेको सहयोगमा हात अगाडी बढाएका उनले यसमा साथ दिन पाउदा गर्व लागेको बताउछन ।

पहिलो पटक नेपाल आएर नेपालीको सहयोगमा हात बढाएका स्टेबलर भन्छन, नेपालीको मन र उनीहरुको आत्मियताले मलाई निकै प्रभावित पार्यो । यहाँको कल्चर, यहाँको बाताबरणले निकै प्रभावित भएको छु । यतिबेला दुःख पाएकालाई सहयोग गर्न पाउदै निकै खुसी महसुस गरिरहेको छु ।

टोकियो ओलम्पिकको तयारीमा रहेकाले रेस्लर फ्रयाङ्क यो पटक एक सातामा नै जर्मन फर्किए । उनले जर्मनमा नेपालीहरुको सहयोगका लागि फण्ड संकलन गर्नुका साथै टोकियो ओलम्पिक पछि फेरी नेपाल आएर हस्पिटल निर्माणलाई पूर्णता दिने बताए । यसका साथै अर्को चोटी आउँदा खेलकुद क्षेत्रको निरिक्षण गर्ने र केही सहयोग समेत गर्ने योजनामा छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey