धनगढीमा सर्वाधिक धनराशीको महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता हुने

0

सीताराम ओझा ।  फागुन ९ गतेदेखि धनगढीमा सर्वाधिक धनराशीको प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको तयारी तिव्र पारीएको छ । पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको लाग तयारी तिव्र पारीएको आज धनगढीमा आयोजीत पत्रकर सम्मेलनमा जानकारी दिईएको छ ।
आगामी ९ देखि १४ गतेसम्म धनगढी स्थीत फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी मूल समिती गठन गरेर तयारी अगाडी बढाइएको हो ।

प्रतियोगितामा साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ गरि ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिताका सयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरुष्कार वितरण गरीने छ । प्रतियोगीता आयोजनाका लागी ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरीएको छ ।

 

अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको र सबै ६ वटा टिमको सहभागीता बारे टुङगो लागीसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।

 

प्रतियोगीतामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल तालीका बनाईने आयोजक कैलाली जिल्ला खेलकुद विकस समितीका अध्यक्ष दिपक सिहले बताए ।

Post Add 1025X115
Loading...