ज्ञान निकेतन र विज किड्स फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१४
  • |
  • 200 पटक हेरिएको

नेप्लेज । ज्ञान निकेतन र विज किड्स तेश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा पनि उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सिनियर गर्ल्सतर्फ यी दुई टिमले नै फाइनलमा स्थान बनाइसकेका छन् ।

ज्ञान निकेतनले एडभान्सलाई ५०–३८ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा विशाल बुढाथोकीले २१ अंक योगदान गरे । प्रजिन योञ्जनको ११ अंक सहयोगमा विज किड्सले लाइसियमलाई ३६–२६ ले हरायो ।

सिनियर गर्ल्समा एडभान्सले जगत मन्दिरलाई २१–१२ ले पाखा लगाउदै तेश्रो भयो । एडभान्सकी रेश्मा श्रेष्ठले ७ स्कोर गरिन् । जुनियर ब्वाइजमा तेश्रो स्थान हात पार्न सम्भावीले एडभान्सलाई २६–१६ ले निराश पार्यो । सम्भावीका सञ्जय केसीले १४ अंक जोडे ।

जुनियर ब्वाइजमा ज्ञान निकेतन र जगत मन्दिरले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । तीनै स्पर्धाको फाइनल आइतबार हुने आयोजक माफले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey