संस्कृतिको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१४
  • |
  • 286 पटक हेरिएको

नेप्लेज । आयोजक संस्कृति इन्टरनेसनल स्कुलले प्रथम क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत गर्ल्स बास्केटबलमा विजयी सुरुआत गरेको छ ।

ठूलो भर्याङस्थित घरेलु कोर्टमा शुक्रबार संस्कृतिले रातो बंगलालाई १५–५ ले पराजित गर्यो । संस्कृतिकी ज्योति थापाले ९ अंक जोडिन् । गर्ल्समै प्रिमियरले इलाइट ग्रान्ड स्कुललाई १९–२ ले हरायो । प्रिमियरकी रिभु प्रधानले १६ अंक बटुलिन् ।

ब्वाइजमा रातो बंगलाले संस्कृतिलाई ३१–२० तथा प्रिमियरले इलाइटलाई ४७–१० ले पन्छाए । रातो बंगलाका अनुराग राईले १२ तथा प्रिमियरका आयुश गिरीले ११ अंक जोडे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey