उचित प्रशिक्षण स्थलकालागि भाैतारिदै ब्याडमिन्टन खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१४
  • |
  • 431 पटक हेरिएको

नेपाली ब्याडमिन्टन सबैभन्दा पुराना खेल मध्येमा पर्छ, जसको इतिहास झण्डै अर्धशतक भन्दा पनि लामो छ । अन्तराष्ट्रिस्तरमा सहभागिता जनाउन थालेको दुईदशक भन्दा बढी समय भएपनि नेपाली खेलाडीले खासै ठुलो उपलब्धि हासिल गर्न सकेका छैनन । राजनितीक हस्तक्षेप र आधुनिक पुर्वाधारका कारणपछि परेका खेलाडी जहिलेपनि तयारीमा केहि न केहि अभाव भोग्दै आएका छन । यहि अवस्था आसन्न अन्तराष्ट्रिय सिरीजमा पनि देखिएको छ । खेलाडी प्रशिक्षणमा त जुटेका छन तर प्रशिक्षण स्थलको अभावमा उनीहरु कहिले कता त कहिले कता गरेर तयारी गरिरहेका छन ।

केहि साता अगाडी भएको राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका जुनियर र सिनियर गरि २६ जना खेलाडी नेपाल इन्टरनेश्नल सिरिजका लागि तयारीमा छन । करिब १५ दिनको तयारी पछि नेपाली खेलाडी नेपालमा नै हुने अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिदैछन ।

तयारीको समय अवधी छोटो त्यसमा पनि प्रयाप्त सुविधान पाएका खेलाडी जसोतसो दैनिक ६ घण्टा प्रशिक्षण गरिरहेका छन । ब्याटमिन्टन संघसँग आफ्नै प्रशिक्षण स्थल छैन । राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा प्राय प्रशिक्षण गर्ने खेलाडी त्यहाँ हरेक दिन केहि न केहि प्रतियोगिता भइरहेका हुन्छन । जसका कारण उनीहरुलाई प्रशिक्षणको समय मिलाउन नै कठिन हुन्छ ।

त्यो बाहेक खेलाडीले विकल्पका रुपमा की सशस्त्रको कर्भडहल की आर्मीको कर्भडहल प्रयोग गर्ने हो । यस्तै उनीहरुले आर्मीसँग गुहार गरेपछि यतिबेला प्रशिक्षणका लागि लगनखेलको कर्भडहल पाएका छन । तर आर्मीले कुनै पनि समयमा आफ्नो आन्तरीक कार्यक्रम हुने भनेर त्यहाँबाट नहटाउला भन्न सकिन्न ।

नेपाली टिमका प्रशिक्षक किरण थापा पनि प्रशिक्षण स्थलको अभावले खेलाडीले भनेको जस्तो तयारी गर्न नपाएको स्विकार्छन । उनी भन्छन, खेलाडी एकपछि अर्को प्रतियोगिता त खेल्छन, तर उनीहरु भनेको समयमा प्रशिक्षण गर्न पाउदैनन् भने सुविधामा पनि निकै कमि छ । जसले गर्दा खेलाडीले सोचेको जस्तो नतिजा निकाल्न सकेका छैनन । यसपटकको अन्तराष्ट्रिय सिरीजमा पनि नेपाल भन्दा राम्रा खेलाडीको सहभागिता हन्छ, त्यो अनुसारको तयारी पाउन कठिन छ ।

प्रशिक्षक थापामात्र होइन शिर्ष बरियताका खेलाडी जसमा नेपालले पदकको आशा गरिएका खेलाडी रत्नजित तामाङ र विकाश श्रेष्ठ पनि प्रशिक्षणबाट सन्तुष्ट छैनन । प्रतियोगिताका लागि तयारीमा जुटेपनि आफु आफु खेलाडी विच सामान्य स्तरको प्रशिक्षण गरिरहेका छौ । कुनै आफुभन्दा राम्रा खेलाडीसँग तयारी गर्न पाए पो नतिजा पनि आशा गर्न सकिन्छ । जसो तसो प्रशिक्षण गर्ने तर त्यो तयारीले राम्रो नतिजा आउन कठिन नै छ ।

चैत्र १८ मा हुने यो प्रतियोगितामा विश्वका १८ देशले सहभागिता जनाउने छन । त्यसपछि लगतै नेपालले बंगलादेशमा हुने अन्तराष्ट्रिय च्यालेन्जमा सहभागिता जनाउँदैछ । अपर्याप्त लगानी, आधारभुत पुर्वाधारको कमी र राज्यको प्राथमिकता नभएपछि खेलाडीको मनोबल गिर्नु स्वाभाबिक हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey