थ्री स्टारका स्ट्राइकर मार्टिन्सलाई २ खेलको प्रतिबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 143 पटक हेरिएको

सिमरा गोल्डकप अन्तर्गत सोमबार भएको थ्री स्टार र सुदुरपश्चिम-११ विचको खेलमा थ्री स्टारका खेलाडी बिच भएको झगडाका कारण विदेशी खेलाडी अजाई मार्टिनलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

सुदुरपश्चिम ले अन्तिम मिनेटमा गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरको तयारी हुदै गर्दा टिमका खेलाडी बिश्वास श्रेष्ठलाई मुक्का प्रहार गरेपछि प्रतियोगिता अनुशासन समितिले मार्टिनलाई प्रतिबन्ध लगाएको हो ।

अनुशासन समितिका संयोजक शम्भुसिंह ठकुरीले मार्टिनलाई कारवाही गर्दै दुई खेलमा प्रतिबन्ध लगाएको बताए । सो घटनामा थ्री स्टारका कप्तान निराजन खड्काका साथै गोलकिपर एलन न्यौपाने पनि सम्लग्न थिए ।

कारवाहीपछि सेमिफाईनल प्रवेश गरेको थ्रिस्टारका मार्टिनले सिमरा गोल्डकपको फाईलनसम्मको खेल गुमाउने भएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey