शनिबारदेखि हिमालय कप बास्केटबल हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१३
  • |
  • 204 पटक हेरिएको

नेप्लेज । हिमालय इंलिस बोर्डिङ हायर सेकेन्डरी स्कुलको आयोजनामा प्रथम हिमालय कप बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा प्लस टु ब्वाइजतर्फ १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ गरी ३२ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु कोटेश्वरस्थित आयोजककै कोर्टमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । फाइनल मंसिर २३ गते हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey