दक्षिण एसियाली यू-२१ ब्याडमिन्टनकाे मिक्स्ड डबल्समा भारत च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१३
  • |
  • 311 पटक हेरिएको

नेप्लेज । भारतले दोश्रो दक्षिण एशियाली यु —२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा उपाधी हात पारेको छ । आज भएको फाईनलमा नेपाललाई ३ — १ ले पराजित गर्दै उक्त उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा भारतले महिला एकल, पुरुष डबल्स तथा महिला डबल्समा नेपाललाई पराजित गर्यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित गर्यो ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको बेष्ट अफ फाईभको खेलमा पुरुष सिंगल्समा नेपालका नविन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१-१२, २१-१७ ले पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीहरुले लय समत्न सकेनन् । महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी माल्भिका बासोद संग २१-८, २१-५ ले पराजित भईन् । यस्तै पुरुष जोडीमा नविन र प्रिन्स दाहालको जोडीले भारतका बिष्णुबर्दन गाउड पन्जला र ध्रुव रावतको जोडीलाई २१-१५, २१-१७ अंकको जित सुम्पे ।

अर्को खेलमा महिला जोडी तर्फ नेपालका जेशिका गुरुङ्ग र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टो संग २१-५, २१-५ ले पराजित हुंदै ३-१ को हार ब्यह्योर्यो । नेपाल अघिल्लो संस्करमा पनि दोश्रो स्थानमा रहेको थियो ।

नेपाल सहित भारत, बंगलादेश, मालदिभ्स र श्रीलंकाकाे सहभागिता रहेको प्रतियोगितामा बंगलादेश र श्रीलङ्काले तेश्रो स्थानमा रहे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey