रोनाल्डोको कमब्याक, रियल म्याड्रिड ७–१ ले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०८
  • |
  • 207 पटक हेरिएको

माघ ८ । स्पेनिस ला लिगमा रियल म्याड्रिडले डिपोर्टिभो ला कोरुनामाथि ७–१ को जित दर्ता गरेको छ । नाचो, ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले २–२ गोल गरेपछि रियल म्याड्रिडले रेलिगेशन जोनको डिपोर्टिभो विरुद्ध ठूलो अन्तरको जित निकालेको हो ।

रियलको मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा एड्रियानले २३ औं मिनेटमा गोल गर्दै डिपोर्टिभोलाई अग्रता दिलाएका थिए । नाचोले ३२ औं मिनेटमा र ग्यारेथ बेलले ४२ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो ।

५८ औं मिनेटमा बेलले ब्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३–१ को अग्रता लियो । त्यसको १० मिनेटपछि लुका मोड्रिचले गोल गर्दै रियललाई ४–१ को अग्रता दिलाए ।

७८ र ८४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै ब्यक्तिगत दुई गोल पुरा गर्दा ८८ औं मिनेटमा नाचोले पनि दुई गोल पुरा गरे ।

३५ अंक सहित रियल म्याड्रिड चौथो स्थानमा छ । रियल म्याड्रिड शीष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal