पाेर्चुगलमा हुने कराँतेमा हिक्मतले खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१२
  • |
  • 539 पटक हेरिएको

पोर्चुगलमा हुन् लागेको कराँते अाेपन लिस्बाेनमा हिक्मत घर्तीमगर प्रतिस्पर्धा गर्ने भएका छन् ।

लिस्बाेन स्थित अाराराेईअाे एरिनामा डिसेम्बर १ का दिन घर्तिमगरले कुमेटी ६१ केजी ताैल समुह तर्फ पहिलो खेलमा चिलिका खेलाडी विल्ललोन एन्र्कुए अन्दोरेस सामाना गर्नुपर्ने छ। कुमेटी र कातामा अब्बल मानिने घर्तिमगरले यस अघि दोस्रो युरोप कराँते नोमिचि प्रतियोगितामा काता तर्फ रजत पदक हात पार्दै इटालीबाट कराँतेमा डिप्लोमा पास गरेका थिए ।

सन् २०१४ जर्मनी मा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी ताैल समुह कुमेटी नेपालीलाई रजत पदक दिलाएका थिए | सन् २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराँते कपमा ६० केजी ताैल समुहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए।

फ्रान्सकाे चार्ल्स डे गौल्ली शहरमा सम्पन्न भएकाे केड्लु एफ अन्तर्राष्ट्रिय कराँते प्रतियाेगीतामा ५५ केजी देखि ६२ केजी ताैल समुह कुमेटीमा रजत पदक तथा व्यतिगत ६७ केजी काता तर्फ स्वर्ग पदक दिलाएका घर्तीमगरले जर्मनकाे हम्बुर्ग शहरमा सम्पन्न भएकाे एल्बी कप अन्तर्राष्ट्रिय कराँते कपमा काता तर्फमा नेपालका लागि एक मात्रै कास्य पदक दिलाएका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey