झापा गोल्डकपको पुरस्कार राशिमा बृद्धी, विजेताले १२ लाख ५० हजार पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 160 पटक हेरिएको

झापा गोल्डकपको पुरस्कार राशिमा बृद्धी गरिएको छ । फागुन १९ गतेबाट हुने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउने छ ।

विर्तामोडको डोमालाल रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशि ९ लाखबाट बढाएर १२ लाख ५० हजार रुपैया पुरयाएको हो ।

झापा गोल्डकपका आयोजकले पत्रकार सम्मलेन गर्दै पुरस्कार राशि बढाएको बताएको छ । प्रतियोगिताको उपविजेताले ६ लाख रुपैया पाउनेछ ।

प्रतियोगितामा ३ विभागिए टिम सहित १० टिम टिमको सहभागिता रहनेछ । गत बर्षको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको थियो ।

प्रतियोगिताको खेल तालिका चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey