ज्ञान निकेतन सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-११
  • |
  • 213 पटक हेरिएको

ज्ञान निकेतन तेश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ज्ञान निकेतनले एडभान्सलाई ३७–२२ ले पराजित ग–यो । ज्ञान निकेतनका जेबिश सारुले १२ अंक जोडे । सोही स्पर्धामा लाक्पा तामाङको १२ अंक सहयोगमा जगत मन्दिरले एलिक्सरलाई १८–१२ ले हराउदै सेमिफाइनलमा स्थान पक्का ग–यो ।

सिनियर ब्वाइजमा ज्ञान निकेतन ‘ए’ ले नोबेल एकेडेमीलाई ४९–२४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनायो । विजयी टिमका लागि प्रनिश श्रेष्ठले १५ अंक जोडे ।

सिनियर ब्वाइजमै रिभेराले ज्ञान निकेतन ‘बी’ लाई २८–१८ तथा सम्भावीले एलिक्सरलाई ३०–१८ ले पन्छाए । रिभेराका सुमित श्रेष्ठले ९ तथा सम्भावीका सिम्बा लामाले १२ स्कोर गरे ।

सिनियर गल्र्समा एडभान्सले लाइसियमलाई २२–१८ तथा जगत मन्दिरले एलिक्सरलाई १७–१२ ले निराश पारे । एडभान्सकी रेश्मा श्रेष्ठ तथा जगत मन्दिरकी रेशा मगरले समान १०–१० अंक जोडे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey