पारा तेक्वान्दो टोली भारततर्फ

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१०
  • |
  • 211 पटक हेरिएको

प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार भारतको देहरादुन प्रस्थान गरेको छ ।
मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले आ–आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोबरधन र रञ्जना धामीले भाग लिने छन् ।
टोली नेतामा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सन्जिव रेग्मी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच सोमबारै बिदाइ गरे ।
यो प्रतियोगिता खेलाडीका लागि आगामी दिनमा हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अनुभव बटुल्न राम्रो अवसर साबित हुने तेक्वान्दो संघले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey