च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 167 पटक हेरिएको

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलको पहिलो लेगमा आज राति म्यानचेस्टर सिटी र बसेल तथा युभेन्टस र टोटनह्याम विच प्रतिस्पर्धा हुदैछ ।

पछिल्ला ६ बर्षमा लगातार समुह चरण र सेमिफाइनलबाट बाहिरीएको म्यानचेस्टर सिटीले आज राति घरेलु मैदानमा स्विस क्लव बसेलसंग खेल्दैछ ।

नियमित सात सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाएको सिटी दुई पटक समुह चरणबाट बाहिरीएको थियो भने तीन पटक अन्तिम १६ र एक पटक सेमिफाइनलबाट आउट भएको थियो ।

तर यो सिजनमा राम्रो फर्ममा रहेको सिटीले तुलनात्मक रुपमा कमजोर मानिएको बसेलसंग प्रिक्वाटरफाइनल खेल्दैछ । पछिल्ला १० सिजनमा बार्सिलोना र रियाल मड्रिडले तीन तीन पटक र बार्यन म्युनिखले एक पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

दशौ पटक सिजन सिटीबाट खेलिरहेका कप्तान भिन्सेन्ट कोम्पनीले अघिल्ला संस्करणहरुमा टिममा अनुभवको कमि रहेकाले राम्रो नतिजा निकाल्न नसकेको बताउदै यो पटक उपाधि जित्ने लक्ष्य रहेको बताए ।

प्रशिक्षक पेप ग्वार्डियोलाले चोटका कारण सानेले आजको खेल गुमाउने बताए । एफ कप अन्तर्गत कार्डिफ विरुद्धको खेल उनको एङकलमा चोट लागेको थियो । जसका कारण उनि सात हप्ता मैदान बाहिर हुनेछन ।

आज राति नै हुने अर्को खेलमा उपाधिको दावेदारमा पर्ने युभेन्टसले घरेलु मैदानमा इग्लिस क्लव टोटनह्यामसंग खेल्नेछ । तर युभेन्टसलाई यसपटक खेलाडीको चोटले निकै सताएको छ ।

मिडफिल्डर ब्लेइसी मातुइदी र स्ट्राइकर पाउलो डेबाला तथा गोलकिपर बुफोन पुर्ण रुपमा फिट छैनन । टोनह्यामका लागि मुख्य चुनौती युभेन्टसको डिफेन्सलाई तोड्नु हुनेछ । युभेन्टसले पछिल्ला १६ खेलमा एक गोलमात्र खाएको छ । टोटनह्यामका लागि हेरी केनको प्रदर्शन मुख्य हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey