एशियन प्यासिफिक सितोरियो करातेमा नेपाललाई सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-०९
  • |
  • 210 पटक हेरिएको
ईन्डोनेशियामा संचालन १५ औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपाल २ स्वर्ण र २ कांस्य पदक जित्दै समुह चौथो बन्न सफल भएको छ ।
नोभेम्बर २१ देखि २४ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तर्फ को सिनियर (५५ किलो तौल समुहमा बिजय श्रेष्ठले स्वर्ण र भेट्रानको ४०(५० बर्षको समुह अन्तर्गत को प्रतिस्पर्धामा एकल काता तर्फ गणेश थिंग ले स्वर्ण पदक जित्न सफल भएको थियो ।
बिजयले पहिलो बाउट बाई पाएर क्वार्टर फाईनलमा ईण्डोनेशियालाई १०-२ ले,सेमिफ़ाइनलमा फिलिपिन्सलाई ९-१ ले,र फाईनलमा श्रीलंकालाई ९-१ ले हराउदै स्वर्ण पदक पक्का गरेका थिए भने,गणेश थिंगले पहिलो बाउट ईन्डियालाई ५-०, क्वार्टरफाईनलमा पुन ईन्डियालाई ६-२ ले सेमिफ़ाइनलमा श्रीलंकालाई ३(२ ले र फाईनलमा ज्यलन प्यलन लाई ५-० ले पराजित गर्दै स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भएका थिए ।
त्यसैगरी सिनियर पुरुष तर्फ एकल कातामा सेमिफ़ाइनलमा जापानसँग पराजित हुदै पर्शुराम बास्तोलाले कांस्य पदक हात पारे , यस अघि उनले ज्यलन प्यलन ,कचष्बिलपब र चाईनिज ताईपेईलाई पराजित गर्दै सेमिफ़ाइनल प्रवेश गरेका थिए भने पुरुष तर्फको ८४ किलो तौल समुहमा दिगम्बर प्रसाद पन्त ले सेमिफ़ाइनलमा ईण्डोनेशिया सँग ५-१ ले पराजित हुदै कांस्य पदक जित्न सफल भए ।
यस अघि उनले फिलिपिन्सलाई ५-१ र सिंगापुरलाई ८-० ले पराजित गर्दै सेमिफ़ाइनलमा प्रबेश गरेका थिए ।त्यसैगरी अनिश लामाले ६० किलो तौलमा नेपाललाई कास्य दिलाए ।
३० राष्ट्र सहभागी भएको उक्त प्रतियोगितामा ईण्डोनेशियाले १७ स्वर्ण,१२ रजत र १५ कास्य पदक सहित पहिलो स्थान हाशिल गर्न सफल भए भने जापानले १६ स्वर्ण ,३ रजत र २ कांस्य सहित दोस्रो भए भने , ७ स्वर्ण १३ रजत र ११ कांस्य सहित चाईनिज ताईपेई तेस्रो स्थान हाशिल गरे भने, २ स्वर्ण र ३ कांस्य सहित नेपाल समुह चौथो बन्न सफल भएको कुरा ईण्डोनेशियाबाट नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगी ुईश्वरु ले जानकारी गराए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey