एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगीताको तयारी तिव्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-०८
  • |
  • 252 पटक हेरिएको

 ललितपुर । आगामी पुषमा हुने पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगितालाई नेपाल तेक्वान्डो संघले मान्यता दिएको छ ।

आगामी पुष १८ देखि २० गतेसम्म काठमाडौमा आयोजना हुने उक्त प्रतियोगीता सञ्चालनका लागी संघलाई आर्थिक भार नपर्ने गरि मान्यता दिएको हो । प्रतियोगीताका लागी अन्य प्राविधिक सहयोग गर्ने संघका अध्यक्ष प्रकाश शम्शेर राणाद्धारा जारी पत्रमा भनिएको छ ।

अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको नेपाल शाखाको आयोजनामा प्रतियोगीता हुन लागेको हो । खेलकुद क्षेत्रको बिकास , खेलाडीरुलाई प्रोत्साहन गर्नका लागी प्रतियोगीताको आयोजना गरिएको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपालका अध्यक्ष केशव थापाले जानकारी दिएका छन् । उनले प्रतियोगीताको तयारी पनि तिव्र रुपमा अघि बढाईएको र खेलाडीहरुले नाम दर्ता गर्ने क्रम सुरु भएको बताए ।

प्रतियोगीतामा सहभागीताका लागी पौष ८ गतेसम्म नाम दर्ता गर्न सक्ने थापाको भनाई छ । बिभिन्न बिधामा खेलाईने प्रतियोगीतामा प्रथम हुने टिमले रु १ लाख प्राप्त गर्नेछन् । त्यस्तै त्यस्तै द्धितिय हुने टिमले रु ५० हजार रुपैया प्राप्त गर्दा तृतिय हुने टिमले रु २५ हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगीतामा उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई जनही रु १० हजार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगीता एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपालको खेलस्थल भैसिपाटीमा हुने अध्यक्ष थापाले जानकारी दिए । यसअघि अमेरिकास्थीत एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको केन्द्रिय कार्यालयले सन २०२० मा बिश्व तेक्वान्डो प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey