लिष्ट ‘ए’ मा नेपालकै सफल बलर बनेका सन्दिपका बारेमा फेरी दिल्लीले के भन्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 166 पटक हेरिएको

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानले उत्कृष्ट बलिङमा आइपिएल टिम दिल्ली डेयरडेभिल्सले प्रशंसा गरेको छ ।

दिल्लीले सोमबार पनि सन्दीपको बलिङको प्रशंसामा आफ्नो आधिकारीक ट्विटरमा भनेको छ,’ह्वाट अ स्पेल । सन्दीपले प्रतियोगितामा पहिलोपटक ५ विकेट लिन सफल भएका छन्। ‘

खेलमा उनले  लिस्ट ‘ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका थिए।  प्रतियोगिताका चार खेलमा सन्दीपले १४ विकेट लिइसकेका छन्।

१० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिदा ५ मेडन राखे। यसअघि उनको लिस्ट ए करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए।

यो  प्रदर्शन लिस्ट ‘ए’को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।

सन्दीपलाई  दिल्लीले २ साताअघि २० लाख भारुमा आफ्नो टिममा आवद्ध गरेको थियो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey