नेपालले केन्याबाट पायो १७८ रनको लक्ष्य, सन्दिपको उत्कृष्ट बलिङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 182 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले केन्याबाट १७८ रनको लक्ष्य पाएको छ ।

विन्डहक स्थित वन्डररर्स क्रिकेट मैदानमा केन्याले ५० ओभरमा ८ विकेट गुमाउदै १७७ रन बनायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भयो ।

तर केन्यको ६५ रन हुदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर ओबान्डा ४१ रनमा आउट भए ।

त्यसपछि केन्याको स्कोर ७१ रन हुदा नेपालले दोस्रो विकेट लियो । यसपटक पनि सन्दिपले नै नेपाललाई विकेट दिलाए ।

केन्योको एक सय ३ रन हुदा बसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिन सफल भए । उसका ओपनर इरफान ४२ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका कप्तान रकिप पटेललाई सन्दिपले मात्र एक रनमा आउट गरेपछि नेपालले एक सय ४ रनमा चौथो विकेट लियो ।

लगत्तै पुन सन्दिपले रुसव पटेललाई खाता खोल्न नदिदै पेभेलियन फर्काउदै पाचौ सफलता दिलाए ।

केन्याको स्कोर १२९ रन हुदा नेपालले छैटौ विकेट लियो । उसका कोलिन ओबुयालाई सोमपाल कामीले २७ रनमा आउट गरे ।

त्यसपछि सरदले गुरदिपलाई आउट गरेपछि केन्याले १३२ रनमा सातौ विकेट गुमायो ।

लगत्तै सन्दिपले ब्यक्तिगत पाचौ विकेट लिएपछि केन्याले १३९ रनमा ८ विकेट गुमायो ।

बलिङमा सन्दिपले पाच तथा बसन्त रेग्मी सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey