तेक्वान्दाे विवादः दुबै संघकाे अाफ्नाे अडान, समाधानकाे बाटाे कठिन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-०३
  • |
  • 286 पटक हेरिएको

नेपाली तेक्वान्दोमा देखिएको लामो समयदेखिको विवादलाई समाधानको बाटो दिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले कार्तिक २७ गते आपसी समझदारीमा विवाद समाधान गरेर आउन भने पत्राचार त गर्यो । त्यो पत्रपछि पनि नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ दुई धुब्रमा अडिक रहेका छन । दुबै संघलाई मिलेर अगाडी आउन भनिएपनि दुबैले छुटाछुटै अभिब्यक्ति दिएका छन ।

दुबै संघहरु मिलेर नआए आगामी आठौं र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाउन कठिन हुन्छ भन्ने मनसायको पत्र दुबै संघलाई पठाएपनि त्यसको ठोस निचोड गरेका छैनन ।

राखेपको यो अल्टिमेटमपछि जुर्मुराएका दुवै सङ्घले संयुक्त रूपमा छलफल नै गर्न सकेनन । दुइ धुब्रमा रहेकाे दुबै संघले अाफ्नाे किसिमले कार्यसमितीकाे बैठक बाेलाएर २ थरीका निर्णय गरेका छन ।

नेपाल तेक्वान्दाे युनियनले राखेपको बोर्ड बैठकको निर्णय कार्यान्वयन गर्न र विवाद अन्त्य गर्न पाँच सदस्यीय वार्ता समिति गठन गर्नुको साथै प्रतियोगितामा सबै खेलाडीको सहभागिता हुँन पाउने नैसर्गिक अधिकार सुरक्षित राख्दै तेक्वान्दोको विवाद अन्त्य गर्न सम्पूर्ण विषयमा छलफल गर्ने निर्णय गर्याे भने यता नेपाल तेक्वान्दो सङ्घले राखेपको बोर्डको निर्णय नै आपत्तिजनक रहेकाे निचाेड निकाल्याे ।

प्रकाशशमशेर राणा अध्यक्ष रहेकाे नेपाल तेक्वान्दो सङ्घले अाफुहरू मात्रै आधिकारिक तेक्वान्दो सङ्घ भएको र डब्लूटीएफ र एटीओका मान्यता आफ्नो सङ्घलाई मात्रै भएको साे संघका पदाधिकारीले दाबी गरेका छन् । राखेपको यो निर्णयले खेलाडीलाई तनाव पार्न कार्य भएको आरोप लगाएका छन् । नेपाल तेक्वान्दाे संघले अहिले राखेपको पत्रको जवाफ पठाउने, त्यसपछि राखेप कदमलाइ हर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ उनिहरू तत्काल वार्तामा नबस्ने निर्णय गरेका छन ।

आठ वर्षसम्म चलेको विवादलाई सात दिनमा संयुक्त छलफलमार्फत टुङ्ग्याएर आउनु भनिएपनि त्यसकाे अाधिकारीक निकाय काे हुने र  कसको नेतृत्वमा मिलेर जाने भन्ने अन्याेल कायमै हुँदा तत्कालका लागि विवादले समाधानकाे माेड लिनेमा संका उत्पन्न भएकाे छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey