सनी वज्र फाइटमा लगातार तेश्रो पटक च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०७-३०
  • |
  • 543 पटक हेरिएको

काठमाडौं, ३० कात्तिक । नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन पहिलो भए । उनले थाइ बक्सिङका दीपेन्द्र खनाललाई हराए । अर्को ५५ केजीमुनिको प्रतिस्पर्धामा वज्रका महेश भुजेल प्रथम भए । उनले नक्साल बक्सिङ क्लबका यानभ थुलुङ राईको चुनौती समाप्त पारे ।

६२ केजीमुनि सेनाका चोपबहादुर बुढाथोकी विजयी भए । उनले नक्सालका अभिषेक राईलाई निराश पारे । ६२ केजीमुनिकै अर्को भिडन्तमा बनेपा डोजोका सजित प्रजाले शीर्ष स्थान हात पारे । उनले थाइ बक्सिङका सुदीप श्रेष्ठलाई पाखा लगाए ।

पुरुष ६९ केजीमुनि सेनाका विकास गुरुङले बाजी मारे । उनले बनेपाका प्रवीण मेचेलाई पन्छाए । महिला ५१ केजीमुनि नक्सालकी तेजी गुरुङ पहिलो भइन् । तेजीले एपीएफकी मनीषा राईलाई हराइन् ।

विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । १४ खेलाडी सहभागी एकदिने प्रतियोगिताको कुल नगद पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । वज्र फाइट प्रत्येक महिना आयोजना गर्ने संघको कार्यक्रम रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey