कराते खेलाडी पर्शुराम क्यानाडा प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०७-२८
  • |
  • 242 पटक हेरिएको

नेप्लेज, २८ कात्तिक । कराते खेलाडी पर्शुराम बाँस्तोला १९ औं वार्षिक सातो कपमा सहभागी हुन बुधबार क्यानाडाको भेन्कुभर प्रस्थान गरेका छन् ।

३५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । उनले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षमा मुकेश बरुवाल रहेका छन् । बरुवाल नोभेम्बर ११ तारिखमै क्यानाडा पुगिसकेको पर्शुरामले जनाएका छन् । बरुवाल मकाउबाट क्यानाडा गएका हुन् ।

पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बुधरबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey